शैक्षिक सत्र २०८१/८२ को भर्नाको प्रवेश परीक्षाको आवेदन फारम भर्ने तरिकाः
१. कुन विषय पढ्ने ईच्छा छ छान्नुहोस । यस स्कुल मा संचालनहुने कार्यक्रमहरू यस प्रकार छन्:
Diploma in Agriculture (Plant Science)
Diploma in Agriculture (Animal Science)
Diploma in Electrical Engineering
कार्यक्रम छान्न गाह्रो भए तल दिइएको विभागीय प्रमुखहरुको सम्पर्क नं मा सम्पर्क गरी Consult गर्न सकिनेछ ।
A. Diploma in Agriculture (Plant Science) – 9854020557
B. Diploma in Agriculture (Animal Science) – 9854025517
C. Diploma in Civil Engineering – 9854025518
D. Diploma in Electrical Engineering – 9844425331
२. सम्वन्धित विषयको लागि आवश्यक न्युनतम योग्यता ।
- मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एस.ई.ई. परीक्षामा अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषय लिई समग्रमा न्यूनतम स्तरिकृत अंक ४.० मा १.६ जि.पि.ए. हुनुपर्ने अथवा सो सरह।
- वा परिषद्वाट संचालन हुने कार्यक्रमसंग सम्बन्धित प्राविधिक एस.एल.सी.-प्रि–डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण गरेको ।
३. कुन कोटावाट फारम भर्ने यकिन गर्नुहोस । सो कोटाको लागि आफू उपयुक्त कागजात भए/नभएको यकिन गर्नुहोस ।
४. फारम download गर्नुहोस ।
५. फारममा स्पष्टसंग विवरण भर्नुहोस ।
६. फारममा उल्लेखित विवरणहरु भरिसकेपछि देहाय बमोजिम उल्लेखित कागाजातहरु संलग्न गर्नुहोस् ।
क) SLC वा SEE को मार्कसिट, चारित्रिक प्रमाणपत्र, नागरिकता प्रमाणपत्र वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
ख) SLC वा SEE को मार्कसिट र चारित्रिक प्रमाणपत्र ननिकालेकाको हकमा SEE को NET बाट निकालेको मार्कसिट र SEE को प्रवेशपत्रको प्रतिलिपी ।
ग) आरक्षित वा लक्षित बर्ग कोटामा फाराम भर्नेहरुले सम्वन्धित निकायको सिफारिस पत्रको प्रतिलिपी अनिवार्य पेश गर्नुपर्ने ।
घ) 35 MM X 45 Mm Size को २ प्रती रंगिन फोटो ।
७. यस वि पी स्मृति बहुप्राविधिक शिक्षालयको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक पिडारी शाखाको खाता न. 1520100002233001 मा रु 1,500 (एक हजार पाँच सय मात्र) जम्मा गरी सक्कल भौचर आवेदन फारम बुझाउने क्रममा पेश गर्नुहोस् ।
८. माथि उल्लेखित सम्पूर्ण कागजातहरु पुरा भइसकेपछि कार्यालय समयभित्र यस शिक्षालयको प्रशासन शाखामा उपस्थित भइ बुझाउनुहोस् । (आफै उपस्थित भइ बुझाउन असमर्थ रहेको अवस्थामा शिक्षालय नजिकको नातेदार, इष्टमित्र वा यस शिक्षालयमा पढ्दै गरेको विद्यार्थीहरु मार्फत बुझाउन सकिनेछ ।)
९. फाराम बुझाउने अन्तिम मिति २०८१ श्रावण १३ गते आईतवार सम्म ।
१०. प्रवेश परीक्षा सञ्चालन हुने मितिः २०८१ श्रावण १९ गते बिहान ८ बजे ।
बिस्तृत जानकारिको लागि वि पी स्मृति बहुप्राविधिक शिक्षालय मा सम्पर्क गर्नुहोला: